घटना दर्ता गर्न आवश्यक कागजात विवरण

ALK
By -
0

 



घटना दर्ता अन्लाईन फाराम

https://public.donidcr.gov.np

 

घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाई सराई र धर्मपुत्र/धर्मपुत्रि दर्ता) आवश्यक कागजात विवरण



जन्म दर्ता गर्न आवश्यक पर्ने कागजातहरुः

१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन,

३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,

४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,

५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।

 

विवाह दर्ता बनाउन आवश्यक पर्ने कागजातहरुः

१. दुलाहा, दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा,

३. अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,

४. दुवै जनाको हालै खिचेको अटो साईजको फोटो ।

 

मृत्यु दर्ता बनाउन आवश्यक पर्ने कागजातहरुः

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा),

२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

 

सम्बन्ध विच्छेद दर्ता गर्न बनाउन आवश्यक पर्ने कागजातहरुः

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि,

३. विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति ।

 

बसाइँ सराइ दर्ता गर्न आवश्यक पर्ने कागजातहरुः

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।

 

धर्मपुत्र/धर्मपुत्रि दर्ता गर्न बनाउन आवश्यक पर्ने कागजातहरुः

१. दम्पतीले विवाह गरेको १० वर्ष पूरा हुनुपर्नेछ ।

२. श्रीमान-श्रीमती दुवैको नागरिकताको प्रमाणपत्र ।

३. मेडिकल बोर्ड वीर अस्पतालबाट सन्तान हुन नसक्ने व्यहोराको प्रमाणित कागज ।

४.मान्यताप्राप्त चिकित्सकद्वारा प्रमाणित कुनै (एचआईएभी, हेपाटाइटिस तथा गम्भीर प्रकृतिको मानसिक रोग) गम्भीर रोग नभएको प्रमाण ।

५. विवाह दर्ताको प्रमाणपत्र

६. स्थानीय तहबाट बच्चा नभएको सम्बन्धी सिफारिसपत्र ।

७. श्रीमान-श्रीमती दुवैको पेसा के छ ? सो सम्बन्धी प्रमाण भए त्यो पनि पेश गर्ने ।

८. वार्षिक आय र आम्दानीको स्रोत खुल्ने कागज ।

९. नगद मौज्दात खुल्ने कागज ।

१०. आफ्नो नाममा भएको सेयर तथा अन्य सम्पत्ति लगायत घरजग्गा धनीको प्रमाणपुर्जाको प्रतिलिपि ।

११. संगठनमा धर्मपुत्र वा पुत्री लिने सम्बन्धमा सगोलमा रहेका परिवारका अन्य सदस्यहरूको विचार के छसो लेखाई सहीछाप गराई कागज पेश गर्ने ।

१२. बाबुआमाको उमेर ३५ वर्षदेखि ४५ वर्ष भएका परिवारलाई प्राथमिकता दिइने ।

१३. दुवै जनाको फोटो चार-चार प्रति र घरभित्र तथा बाहिरको प्रष्ट देखिने फोटो ।

१४. चारित्रिक प्रमाणपत्र (कुनै फौजदारी अभियोगमा सजाय पाए नपाएकोबारे) ।

१५. संरक्षित बालबालिकाहरू ग्रहणको लागि छान्न नपाइने, छानेको पाइएमा फाइल रद्द हुने ।

Post a Comment

0Comments

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn more
Ok, Go it!