Income Tax in Nepal 2076/77

ALK
By -
0

आयकर (अङ्ग्रेजी: Income Tax) भनेको कुनै पनि व्यक्तिकोआयमा लाग्ने प्रत्यक्ष कर हो। नेपालमा लाग्ने आयकरलाईआयकर ऐन तथा आयकर नियमावलीले निर्देशित गर्दछ।व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि हामीलेसरकारलाई कुनै न कुनै रुपमा कर बुझाउनु पर्दछ। यदि कुनैकारण बस तपाईंले कर बुझाउनु भ​एन भने सरकारी कारबाहीतथा जरिवानामा पर्न सक्नुहुन्छ।


सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करकोदायरा परिमार्जित गरिरहेको हुन्छ। सोहीअनुरुप सरकारलेआर्थिक वर्ष २०७६।०७७ का लागि आयकरको दर निर्धारणगरिसकेको छ। निर्धारण भएको कर साउन १ गते अर्थात आजबाट लागू हुनेछ।


‘आर्थिक विधेक २०७६ मा व्यवस्था गरिएको आयकरका दरहरु:


अविवाहितको हकमा वार्षिक लाग्ने आयकरः


४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ





४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १०प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४हजार रुपैयाँ





५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २०प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ





७ लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतकोदरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजाररुपैयाँ





२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि२० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २०प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दैजानुपर्छ। यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।




विवाहितको हकमा वार्षिक लाग्ने आयकरः


४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४हजार ५ सय रुपैयाँ





४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्मथप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५सय रुपैयाँ





५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मकोहकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४हजार ५ सय रुपैयाँ





७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३०प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख२९ हजार ५ सय रुपैयाँ





२० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५०हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशतकरमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरलेआयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख ५० हजाररुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँकर तिर्नुपर्ने हुन्छ।




जानी राखौ, सुचित रहौ!


Post a Comment

0Comments

Thanks for your valuable message.
Feel free to get in touch with me on WhatsApp/Viber number: +9779844128670

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn more
Ok, Go it!