सफल विद्यार्थीका यी ५ नियम

ALK
By -
0



"काग: चेष्टा, बको ध्यानं, श्वान निद्रा तथैव च। अल्पाहारी, गृहत्यागी, विद्यार्थी पंचलक्षणम् ॥"
१. कागकाे जस्तो चेष्टा (Crow's Effort)
पहिलो कुरा, 'काग चेष्टा' रे। काग कति चलाख हुन्छ नि! जहाँ गए पनि, जे देखे पनि ट्वाल्ल परेर हेर्छ, केही न केही सिक्न खोज्छ। सधैँ चनाखो, सधैँ केही जान्ने आँट बोकेर हिँड्ने। पढ्ने मान्छे पनि त्यसरी नै सधैँ चलाख हुनुपर्छ, केही न केही सिक्न, खोज्न पछि पर्नुहुँदैन।

२. बकुल्लाको जस्तो ध्यान (Crane's Concentration)
बकुल्लाले खोलाको किनारमा माछा हेरेर कसरी एकोहोरो बस्छ र त्यसको ध्यान कति गहिरो हुन्छ! त्यसरी नै मनलाई यताउता भट्काएर होइन, एकचित्त भएर पढाइमा ध्यान दिनुपर्छ। अरू कुरा बिर्सेर, एउटै कुरामा मन लगाएर पढ्नुपर्छ ।

३. कुकुरको जस्तो निद्रा (Dog's Sleep)
'कुकुरको निद्रा'। कुकुर सुतेको देखिन्छ, तर सानो खुस्स आवाजले पनि झट्टै बिउँझिन्छ। त्यसरी नै पढ्ने मान्छे सधैँ होसियार हुनुपर्छ, अल्छी भएर धेरै सुत्नु भएन। कुकुर झै सधैँ चनाखो, जतिबेला पनि पढ्न तयार हुनुपर्छ।

४. अल्पाहारी (Moderate Eater)
'अल्पाहारी'। धेरै नखाने अर्थात् पेट टन्न हुनेगरी खानु हुँदैन किनभने, धेरै खाएपछि त अल्छी लाग्छ । शरीरलाई चाहिने जति मात्र खाने, ताकि फुर्तीलो भइयोस्, पढ्न मन लागोस्। पेटमा अलिकति खाली ठाउँ राखेर पढ्न बस्नु पर्छ भन्न खोजेको हो ।

५. गृहत्यागी (Renouncer of Home Comforts)
 'गृहत्यागी'। घरको मोह त्याग्ने। घरको न्यानो माया, सुख-सयलमा अल्झिएर होइन, पढाइ नै मुख्य हो भनेर घरबाट अलि टाढा रहेर पनि ध्यान दिएर पढ्ने। यसको मतलब घर छोडेर हिँड्नु मात्र होइन, घरका सुखसुविधाको मोहमा नफस्नु, आफ्नो लक्ष्यमा अडिग रहनु हो।

यिनै पाँचवटा लक्षणहरूलाई जसले आफ्नो जीवनमा उतार्छन, त्यही नै एउटा असल विद्यार्थी कहलिन्छन् । यो कुरा सधैँ सम्झि राख्नु पर्दछ ।

Post a Comment

0Comments

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn more
Ok, Go it!